काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म लम्ब्याएको लकडाउनविरुद्ध देशैभर विद्रोह हुन थालेको छ । पूर्वको विराटनगरदेखि चितवन, सुर्खेत हुँदै सुदूरपश्चिमको धनगढीसम्मका व्यवसायीले लकडाउन अवज्ञा गर्दै बजार खोल्ने संस्थागत निर्णय गरिसकेका छन् । काठमाडौंको जोरपाटीमा स्थानीय व्यवसायीले लकडाउनको अवज्ञा सुरु गरिसकेका छन् । काठमाडौंकै अन्य क्षेत्रमा पनि व्यवसायीले पसल खोल्न सुरु गरिसकेका छन् भने बन्द गराउन…