काठमाडौं । सोमबारको मन्त्रिपरिषद बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ । जसअनुसार लकडाउनको समयावधि एक साता थपिएको छ भने नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । यस्तै, संसदको चालू अधिवेशन अन्त्य हुने भएको छ । सरकारले कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै दुई सातादेखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई…