काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको संयोजकत्वमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पुनर्जागरण समन्वय समिति स्थापना भएको छ । साविकको संघले साधारणसभाको म्यान्डेटविपरीत छुट्टै महासंघ दर्ता गराएपछि संस्थापक अध्यक्ष बज्राचार्य, पूर्वअध्यक्ष रमानाथ श्रेष्ठलगायतले पुनर्जागरण समन्वय समिति गठन गरेका हुन् । २०५५ सालमा गठन भएको संघको अस्तित्व नामेट हुनेगरी…