वासिङ्टन (एजेन्सी): संसारभर अभौतिक मुद्राका रुपमा चर्चामा आएका बिटक्वाइन र क्रिप्टोकरेन्सीलाई अमेरिकाले मान्यता नदिने भएको छ । अमेरिकाले यस्ता मुद्राले अवैध आर्थिक गतिविधि बढाउने भन्दै मान्यता नदिने संकेत गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीमा आफूलाई विश्वास नै नरहेको बताएका छन् । उनले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरू बैंकिङ नियमनको…