काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु पर्यटनमन्त्री रवीन्द्र अधिकारीमाथि बिहीबार संसदमा अप्रत्यासित रुपमा खनिए । संसदमा सत्तारुढ सांसदहरुले नै सरकारको त्यति ठूलो विरोध सामान्यतया गर्दैनन् तर बिहीबारको दृश्य बेग्लै थियो । संसदमा एकपछि अर्को गरी नेकपाका सांसदहरु संष्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीमाथि खनिइरहँदा स्थिति बेग्लै बन्यो । प्रतिनिधि सभामा पर्यटन मन्त्रालयका लागि…