काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनी नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । हाल थुनामा रहेका तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । मुद्दामा इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज…