प्राइम कमर्सियल बैंकले लाभांश वितरण नगर्ने भएको छ । पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।…