काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक बीच विशेष छूट दिने समझदारी भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।…