न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् । पार्किङ बन्द हुँदा व्यापारमा असर पर्ने बताउँदै व्यवसायीहरुले सो निर्णय सच्याउन माग गरेका छन् । काठमाडौं महानगरपालिकाले यसअघि नै माघ ९ गते देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको…