Logo

मुख्य समाचार

सेयर बजारमा २५ अंकको गिरावट, ७ अर्ब ६७ करोडको कारोबार


GDP नेपाल
   ७ माघ २०८०, आइतबार


आइतबार सेयर बजार परिसूचक नेप्से २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ ।

बैंकिङ २९, विकास बैंक ११०, लगानी १, जीवन बीमा ८०, उत्पादन ७६, निर्जीवन बीमा ९८, होटल तथा पर्यटन ९३, ब्यापार समूह ३३, माइक्रोफाइनान्स ५५ र फाइनान्स उपसमूह ४७ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर ५ र अन्य उपसमूह २३ अंकले बढेको छ ।

आज सिइडिबी हाड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर झण्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज अंखु खोला जलविद्युत र समाज लघुवित्तको सेयर ९.९७ प्रतिशतले बढेको
छ ।

यस दिन ३०८ कम्पनीको दुई करोड २८ लाख कित्ता सेयर ७ अर्ब ६७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह