नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा कारवाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले लामामाथि लापरवाही गरेको भन्दै आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो । लामाले उडिरहेको विमानको ककपिट भित्रै एक भ्लगरलाई अन्तर्वार्ता दिएपछि उनी प्राधिकरणको कारवाहीमा परेका हुन् । उनले उडिरहेको विमानको ककपिट भित्रै अन्तर्वार्ता दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओमा देखिए…