Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ५३ अंकले घट्यो नेप्से


GDP नेपाल
   १७ असार २०८०, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ५३.७० अंकले घटेर दुई हजार ०९७.२९ विन्दुमा पुगेको छ । 

बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्युत् ७९, जीवन बीमा १५१, उत्पादन १२९, माइक्रोफाइनान्स १९८, निर्जीवन बीमा ११३, अन्य ३७ र ब्यापार उपसमूह ६० अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सृजनशील लघुवित्त र माउन्टेन इनर्जीको सेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बीपी डब्लू लघुवित्त र सिटी होटलको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २८६ कम्पनीका एक करोड १३ लाख कित्ता सेयर पाँच अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : १७ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह