Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्ब ५ करोडको कारोबार


GDP नेपाल
   १८ असार २०८०, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २१.३२ अंकले घटेर दुई हजार ०७५.९७ विन्दुमा पुगेको छ । 

बैंकिङ १२, विकास बैंक ३२, फाइनान्स ९, जलविद्युत् ३२, जीवन बीमा २३०, उत्पादन ६२, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा ८६ र अन्य उपसमूह १७ अंकले घटेको छ । त्यस्तै, ब्यापार उपसमूह १७ र होटल तथा पर्यटन उपसमूह ११४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी इक्वीटि फन्डको सेयर झण्डै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिवाईसी नेपाल लघुवित्त र बीपी डब्लू लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सिटी होटलको सेयर ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन २७६ कम्पनीका ९४ लाख कित्ता सेयर ४ अर्ब ५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १८ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह