काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु खर्चका लागि विनियोजित बजेट कटौती गरी खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन् । ‘बैठक भत्ता, इन्धन, सवारीसाधन मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी…