Logo

कर्पोरेट-बजार

विदेशमा नेपाली तरकारीको उच्च माग, किसानको बारीबाट २४ घन्टामै कतार पुर्‍याइन्छ !


GDP Nepal
   २६ जेष्ठ २०७९, बिहिबार


काठमाडौं । नेपाली बजारमा भारतीय तरकारीको दबदबा रहे पनि स्वदेशमै उत्पादित विषादीमुक्त तरकारीको भने विकसित मुलुकमा उच्च माग छ ।

मध्यपूर्वी मुलुक कतारमा नेपाली अर्गानिक तरकारीको निकासी पुनः सुचारु भएको छ । कोरोनाका कारण अवरुद्ध भएको तरकारी निकासी सुचारु भए पनि उच्च मागका कारण पुर्‍याउनै धौ धौ भएको यसमा संलग्न व्यवसायीहरु बताउँछन् ।

विगत चार वर्षदेखि एग्रिकल्चर नेपाल र हिमालयन सुपर भरस प्रालिले नेपालको मध्यपहाडी क्षेत्रमा उत्पादित तरकारी कतारी बजारसम्म पुर्‍याउने गरेका छन् ।

यी दुई कम्पनीले कतारी बजारमा तिते करेला, परबर, घिँरौला, रामतोरियाँ, बोडी, खुर्सानी लगायतका विभिन्न सिजनल तरकारीको निर्यात गर्दै आइरहेका छन् ।

तरकारी निर्यातको लजिस्टिक पाटोमा सहयोग गरिरहेको सेक्युर फ्रेट इन्टरनेशनल प्रालिका सञ्चालक ईश्वर गुरुङका अनुसार माग अनुसार दिनहुँ नेपालबाट तरकारी प्याकिङ गरी कतारी बजारमा निर्यात गरिन्छ ।

गुरुङका अनुसार निर्यात हुने तरकारी सिधै फर्मबाट संकलन गरि सरसफाई र प्याकिङ भएको २४ घण्टामा कतारी बजारमा पुर्‍याइन्छ । “अर्डर अनुसार हरेक दिन बिहान ७ बजे तरकारी संकलन, सरसफाई, ग्रेडिङ तथा प्याकेजिङ गरी २४ घण्टाभित्र कतारीे बजारमा पठाइन्छ,” गुरुङले भने ।

उनका अनुसार कोरोनाका कारण केही समय ठप्प भएको निर्यात बुधबारबाट पुनः सुचारु गरिएको हो । कोरोनापश्चात निर्यात भएको पहिलो दिनमा नै साढे दुई लाख रुपैयाँ बराबरको तरकारी बिक्री भएको उनले जानकारी दिए ।


कतारी बजारमा दिनहुँ लाखौँको नेपाली तरकारी निर्यात गरिए पनि अहिलेको अवस्थामा भने माग धान्न नै धौ धौ परेको गुरुङले बताए ।

कोरोनाका कारण केही समय निर्यात ठप्प भए पनि अहिले सामान्य अवस्था भएसँगै बजारमा नेपाली तरकारीको माग ह्वात्तै बढेको छ ।

“यो नेपाली कृषक र नेपाली अर्थतन्त्र दुवैको लागि खुसीको विषय पनि हो” उनले भने ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह