ललितपुरको बालकुमारी क्षेत्र तनाव्रस्त बनेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको लागि फारम भर्न नपाएपछि केही युवाहरुको समूहले कोटेश्वर–सातदोबाटो क्षेत्रमा प्रदर्शन गरेका हुन् । सो समूहले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका छन् । उक्त प्रदर्शनका कारण कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक तनावग्रस्त बनेको छ ।