साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ०.९६, व्यापार ५५.९४, होटल तथा पर्यटन ५८.५४, विकास बैंक १४१.०४, जलविद्युत ५ण्.०५, फाइनान्स ५७.८४, निर्जीवन बीमा २१२.४, उत्पादन १०९.४९, अन्य १८.३१, माइक्रोफाइनान्स ६३.३८, जीवन बीमा ११३.२४, लागानी १.६९ र म्यूचुअल फन्ड ०.०३ अंकले बढेका छन् ।
आज दुई सय २८ वटा कम्पनीको ८६ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया