काठमाडौँ ।
साताको चौथो दिन बुधबार पुँजीबजार मापक परिसूचक नेप्से बढेको छ । आज नेप्से १६ दशमलव ९५ अंकले बढेर दुई हजार ८०१ दशमलव ५२ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ४.७२, व्यापार ५.६४, होटल तथा पर्यटन ५१.५२, जलविद्युत ७१.९८, फाइनान्स ३२.४२, अन्य १०५.२८,माइक्रोफाइनान्स ८.६८ अंकले बढेका छन् । त्यस्तै, जीवन बीमा ८४.७१, विकास बैंक ७५.७९, निर्जीवन बीमा ६.२३, उत्पादन १००.६, लगानी ०.५२ र म्यूचुअल फन्ड ०.०२ अंकले घटेका छन् ।
आज दुई सय २४ कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ७ अर्ब ३७ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया