काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३२.२९ अंकले घटेर २ हजार ७३३.१२ बिन्दुमा पुगेको छ ।
आज अन्य बाहेकका सबै समूह घटेका छन् । आज बैंकिङ १५, ब्यापार ४५, होटल तथा पर्यटन ९३, विकास बैंक ११९, जलविद्युत ७५, फाइनान्स ८८, निर्जीवन बीमा २०१, उत्पादन १०१, माइक्रोफाइनान्स ५६ र जीवन बीमा उपसमूह १८९ अंकले घटेका छन् । त्यस्तै, अन्य समूह १९.९३ अंकले बढेको छ ।
आज २२७ कम्पनीका ७४ लाख कित्ता शेयर ४ अर्ब १६ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया