काठमाडौँ ।
बिहिबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से ३.२२ अंकले घटेर २७३१.७८ बिन्दुमा पुगेको छ ।
आज बैँकिङ ९.७७, होटल तथा पर्यटन २५.६६ र अन्य समूह १९.५१ अंकले बढेका छन् । त्यस्तै, आज विकास बैंक ७०.८७, फाइनान्स २, जलविद्युत २७.४८, जीवन बीमा २३.२६, निर्जीवन बीमा १५६.८४, माइक्रोफाइनान्स ५१.४१, उत्पादन ३१.९७, ट्रेडिङ ४३.१६, लगानी ०.४ढ र म्यूचुअल फन्ड ० अंकले घटेका छन् ।
आज २३३ कम्पनीका उक करोड ७४ लाख कित्ता शेयर ३ अर्ब ७८ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया