Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो


GDP नेपाल
   १५ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

बुधबार पुँजीबजार मापक परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५.२८ अंकले बढेर दुई हजार ६३३.६५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १.६५, जलविद्युत ७.०४, अन्य १९.५७, लगानी ०.१६, म्यूचुअल फन्ड ०.०१, विकास बैंक ७.९३, फाइनान्स ६.९७, उत्पादन ५४.६८, र व्यापार ११.९३ अंकले बढेका छन् । त्यस्तै आज होटल तथा पर्यटन १७.४९, निर्जीवन बीमा २२.२१, माइक्रोफाइनान्स ५.९ र जीवन बीमा ४.५३ अंकले घटेका छन् ।

आज दुई सय २३ कम्पनीको ५३ लाख कित्ता शेयर २ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह