काठमाडौँ ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ ।
आज सबै समूह राताम्मे भएका छन् । नेप्से ७२.३ अंकले घटेर २ हजार ५१३.८८ विन्दूमा झरेको छ ।
आज बैंकिङ ४०.७३, ब्यापार ११८.०३, होटल तथा पर्यटन ८२.५९, विकास बैंक २०३.०१, जलविद्युत ९६.९४, निर्जीवन बीमा २५१.१२, उत्पादन १२४.९२, अन्य ७१.६९, माइक्रोफाइनान्स १३१.५७, जीवन बीमा उपसमूह ३७२.१, फाइनान्स १०८.५४, लगानी २.७ र म्यूचअल फन्ड ०.२३ अंकले घटेका छन् ।
आज २२६ कम्पनीका ८९ लाख कित्ता शेयर ४ अर्ब ९ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया