काठमाडौँ ।
बुधबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से ५.८४ अंकले घटेर २ हजार ४४९.९७ विन्दूमा झरेको छ ।
आज होटल तथा पर्यटन १८.७७, अन्य ४.१७ र म्यूचुअल फन्ड ०.०१ अंकले बढेका छन् भने अन्य समूह राताम्मे भएका छन् । बैंकिङ २.३५, ब्यापार १९.३४, विकास बैंक २१.९२, जलविद्युत १७.०१, निर्जीवन बीमा ६०.२७, उत्पादन २४.८३, माइक्रोफाइनान्स २५.०२, जीवन बीमा उपसमूह २३.४३, फाइनान्स १६.२८ र लगानी ०.०७ अंकले घटेका छन् ।
आज २३१ कम्पनीका ६२ लाख कित्ता शेयर २ अर्ब ६७ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया