Logo

मुख्य समाचार

सेयर बजारमा सकारात्मक सर्किट, नेप्से ६ प्रतिशतले बढेपछि कारोबार बन्द


GDP नेपाल
   २८ मंसिर २०७८, मंगलबार


काठमाडौँ ।

साताको तेस्रो दिन मंगलबार सेयर बजार ६.०१ प्रतिशतले बढेकाे छ । कारोबार शुरू भएको साढे दुई घण्टामै सकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको हो ।

आज नेप्से १३७.१८ अंकले बढेर २४१८.८५ बिन्दुमा पुगेकाे छ। आज बैंकिङ ६८.५, ब्यापार १८०.२८, होटल तथा पर्यटन १७३.२६, विकास बैंक ३५८.६८, जलविद्युत १९८.५५, निर्जीवन बीमा ६४५.१८, उत्पादन ३०४.७४, अन्य १२८.४२, माइक्रोफाइनान्स २८५.५७, जीवन बीमा उपसमूह ६६१.६९, फाइनान्स १६७.७१, लगानी ५.५६ र म्यूचअल फन्ड ०.२४ अंकले बढेका छन् ।

आज २२० कम्पनीका ४० लाख कित्ता शेयर १ अर्ब ८४ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह