Logo

Sub-banner

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान


GDP नेपाल
   १ पुस २०७८, बिहिबार


धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान गरिएको छ ।

२५६ स्लाइस क्षमताको मेसिन बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । यसअघि प्रतिष्ठानमा मेसिन बिग्रिएका कारण सेवा लिन बिरामी अन्यत्र जानुपर्ने अवस्था थियो ।

मेसिन जडानपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढीको सिटी स्क्यान गर्न सकिने छ ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह