काठमाडौँ ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ७१.२ अंकले बढेर २ हजार ५९१.४२ विन्दूमा पुगेको छ ।
आज बैंकिङ २०.४५, ब्यापार २१.३३, होटल तथा पर्यटन ४८.४७, विकास बैंक ५१.५८, निर्जीवन बीमा ९०७.१, उत्पादन ३५५.३४, अन्य ५०.४३, माइक्रोफाइनान्स १७२.६६, जीवन बीमा उपसमूह १, लगानी २.३८ र म्यूचअल फन्ड ०.११ अंकले बढेका छन् । त्यस्तै, आज फाइनान्स २४.२ र जलविद्युत ३.४६ अंकले घटेका छन् ।
आज २३१ कम्पनीका ८६ लाख कित्ता शेयर ५ अर्ब १७ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया