Logo

मुख्य समाचार

नेप्से ६० अंकले बढ्यो, ४ अर्ब १२ करोडको सेयर कारोबार !


GDP Nepal
   १८ पुस २०७८, आइतबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार ६०.४१ अंक बढेर २५८४.९१ विन्दुमा पुगेको छ। कारोबार रकममा पनि सुधार आइ ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको ७१ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार २४० कम्पनीको सेयर किनबेच भयो । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ।

गत साताको अन्तिम कारोबार दिन साढे ५ अंक बढेर बन्द भएको नेप्से यस दिन त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्ट्स रहेको छ। हिमालयन डिष्टिलरीको यस दिन ४४ करोड ९४ लाख, नबिल बैंकको २९ करोड ७० लाख र शिवमु सिमेन्ट्सको २३ करोड ४९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। त्यसैगरी, मध्य भोटेकोशीको शेयरमूल्य यस दिन ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ। कारोबारमा आएको गोर्खाज फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.१२ प्रतिशत घटेको छ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह