काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ६३.०१ अंकले बढेर २ हजार ६७९.९५ विन्दूमा पुगेको छ ।
आज बैंकिङ ६३.६७, ब्यापार ५६.०५, होटल तथा पर्यटन ६४.०९, विकास बैंक २३२.४१, जलविद्युत ८७.५४, निर्जीवन बीमा ४०.९७, माइक्रोफाइनान्स ९१.५१, जीवन बीमा उपसमूह १६०.५२, फाइनान्स ७९.०१, लगानी २.५४ र म्यूचअल फन्ड ०.२६ अंकले बढेका छन् । त्यस्तै, आज उत्पादन ४२.७१ र अन्य ६.७ अंकले घटेका छन् ।
आज २३४ कम्पनीका ९१ लाख कित्ता शेयर ४ अर्ब ३२ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया