Logo

कर्पोरेट-बजार

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ


GDP नेपाल
   २० पुस २०७८, मंगलबार


देशभरका सुनचाँदी तथा रत्न, पत्थर व्यवसायीहरुको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ र्निविरोध निर्वाचित हुनुभएको छ ।

आउँदो शनिबार २४ पुष मा हुन गइरहेको वार्षिक साधारण सभाको निर्वाचनका लागि आज मंगलबार दुई बजेसम्म उम्मेदवारीको समय रहेता पनि सो समय भित्र उहाँको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेपछि उहाँ र्निविरोध अध्यक्ष बन्न लाग्नु भएको हो । महासंघका पूर्व अध्यक्ष स्वर्गीय रमेश महर्जनको केही महिना अगाडि निधन भए पश्चात उक्त पद खाली रहेको थियो । साधारण सभामार्फत महासंघमा नयाँ नेतृत्व गर्न लाग्नु भएका श्रेष्ठ रत्न तथा आभूषण संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

नेपालको सुनचाँदी तथा गरगहनाका क्षेत्रमा अग्रणी भूमीका निर्वाह गर्दै आउनुभएका श्रेष्ठ म्यारीगोल्ड ज्वेलर्सका संचालक समेत रहनुभएको छ ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह