Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्बकाे काराेबार


GDP नेपाल
   २१ पुस २०७८, बुधबार


काठमाडौँ ।

साताको चौथो दिन बुधबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से ३०.७५ अंकले घटेर २ हजार ६४९.२० विन्दूमा झरेको छ ।

आज बैंकिङ २७.७९, ब्यापार ५०.२६, होटल तथा पर्यटन ६९.६९, विकास बैंक ७९.८६, निर्जीवन बीमा २२८.०९, उत्पादन ५१.८६, अन्य ३.२, माइक्रोफाइनान्स ११०.६६, जीवन बीमा उपसमूह ५६.९६, लगानी १.२९ र म्यूचअल फन्ड ०.१५ अंकले घटेका छन् ।

यस्तै, आज जलविद्युत १४.०७ र फाइनान्स २.११ अंकले बढेका छन् । आज मध्य भोटेकोसीको सेयरमूल्य सबै भन्दा धेरै ९.९६ अंकले बढेको छ भने विजय लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य सबैभन्दा कम ४.५५ अंकले घटेको छ ।

आज २३६ कम्पनीका ९५ लाख कित्ता सेयर ४ अर्ब ६२ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह