बिहिबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दूमा पुगेको छ ।
आज बैंकिङ ३५.०७, होटल तथा पर्यटन १०७.४७, विकास बैंक ८८.४८, जलविद्युत ७२.२, निर्जीवन बीमा २४३.९३, माइक्रोफाइनान्स ५३.०८, जीवन बीमा ११४.५४, फाइनान्स २७.४८, लगानी १.६१, अन्य २०.४१ र म्यूचअल फन्ड ०.१ अंकले बढेका छन् । त्यस्तै, आज उत्पादन ५.९८ र ब्यापार १९.३५ अंकले घटेका छन् ।
आज नेपाल फाइनान्स लिमिटेड, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, बिशाल बजार कम्पनीको सेयर २ अंकले घटेको छ ।
आज २३८ कम्पनीका ७३ लाख कित्ता शेयर ३ अर्ब ६७ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया