पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ नमुनाको आरटी पीसीआर परीक्षण गर्दा एकहजार ३५७ र दुई हजार ४६४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सोही अवधिमा थप दुई संक्रमितको निधन भएको छ । योसँगै नेपालमा हालसम्म कोारेनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौँमा मात्रै ८७६ जना रहेका छन् । काठमाडौंमा ६७५, ललितपुर १३६ र भक्तपुर ६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया