Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ६ अर्बकाे कारोबार


GDP नेपाल
   २७ पुस २०७८, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ४९.१९ अंकले बढेर २,८३४ विन्दूमा पुगेको छ ।

आज बैंकिङ ३, विकास बैंक १७१, फाइनान्स १४९, होटल तथा पर्यटन १०७, जलविद्युत ६५, जीवन बीमा ५९७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा ३३६, व्यापार ४० र अन्य उपसमूह २७ अंकले बढेका छन् । त्यस्तै, आज उत्पादन ३१ अंकले घटेको छ ।

नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, मध्यभोटेकोसी जलविद्युत, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ भने माउन्टेन इनर्जीको मूल्य ३.५ प्रतिशतले घटेको छ ।

आज २३२ कम्पनीका एक करोड १९ लाख कित्ता सेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह