Logo

बिजनेस होम

शेखर गोल्छाले भने-‘बतास’माथि राज्य र मिडियाको आक्रमणले मेरो अनुहार रातो भएको छ


GDP Nepal
   २८ पुस २०७८, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्यमी आनन्दराज बतासमाथि राज्य र मिडियाको आक्रमणले आफूलाई लज्जित बनाएको बताएका छन् । बतासलाई तल्लो स्तरबाट उठ्दै गरेको उद्यमीको संज्ञा दिँदै अध्यक्ष गोल्छाले उनलाई सञ्चारमाध्यम र राज्यले लखेटेको देख्दा यो देशमा व्यापार गर्नु नै अपराध हो जस्तो गरेर चित्रित गरिएको बताए ।

मंगलबार इकोनोमिक मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको छलफलमा अध्यक्ष गो्छाले भने, ‘यो देखेर मेरो अनुहार रातो भएको र लाज लागेको छ ।’

मेहेनत गरेर तल्लो स्तरबाट उठ्न लागेका कसैलाई पनि माथि उठ्न लाग्दा नेपाली समाजले स्विकार्न गर्न नसक्नु चिन्ताको विषय भएको गोल्छाको भनाइ छ ।

‘नेपालमा सानो स्तरमा मात्रै व्यापार व्यवसाय गर्नेलाई ठिक छ तर, अलि ठूलो स्तरमा व्यापार गर्छु र देशको आर्थिक गतिविधिमा सहयोग गर्छु भन्नेहरुलाई नेपालका सबै क्षेत्रले लखेट्ने प्रवृति डरलाग्दो हुदै गएको छ,’ उनले भने ।

बतास समूहलाई मिलेमतोमा टेण्डर पाएको प्रमाणित नहुँदै मेलेमतो सेटिंग भनेर जसरी आरोप लगाएको छ यो निजी क्षेत्रलाई निरुत्साहित गर्ने व्यवहार भएको समेत उनले बताए ।  

उनले भने, ‘कुनै पनि उद्यमीलाई सेटिङमा काम गर्यो भनेर भन्नलाई सेटिंग गरेको प्रमाण पेश गर्न पर्यो तत्र सेटिङमा काम गर्यो भनेर कसैको मनमर्दन गर्न पाइदैन ।’

प्रकाशित : २८ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह