Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ७ अर्बकाे काराेबार


GDP नेपाल
   ३ माघ २०७८, सोमबार


सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से २०.६९ अंकले बढेर २ हजार ९४७.४३ अंकमा पुगेको छ ।

आज बैंकिङ १९.४६ , होटल तथा पर्यटन ६.७४, जलविद्युत ५५.९४, जीवन बीमा ८०.२७, उत्पादन ९९.३२, निर्जीवन बीमा ५०.४१ र अन्य उपसमूह २३.८६ अंकले बढेका छन् ।

यस्तै, व्यापार ९.८३, लघुवित्त ६.५४, फाइनान्स ०.९२ र विकास बैंक उपसमूह २३.३३ अंकले घटेका छन् ।

यस दिन मध्यभोटेकोसी जलविद्युत आयोजनाको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ४५८.८० रुपैयाँ पुगेको छ ।

आज सेयर बजार दाहोरो अंकले बढेपनि कारोबार रकम भने खुम्चिएको छ । आज एक करोड ४४ लाख कित्ता सेयर ७ अर्ब ९० करोडमा कारोबार भएको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह