साताको दोस्रो दिन सोमबार सेयर बजारमा पहिरो गएको छ ।
आज सबै समूह राताम्मे भएका छन् । नेप्से १००.१ अंकले घटेर २ हजार ८२०.४१ विन्दूमा झरेको छ ।
आज बैंकिङ ५४.४८, ब्यापार ११३.६५, होटल तथा पर्यटन १०७.७६, विकास बैंक २३४.२७, जलविद्युत १५४.२४, निर्जीवन बीमा ५०६.७८, उत्पादन २४४, अन्य ८४.९१, माइक्रोफाइनान्स १८३.७५, जीवन बीमा उपसमूह ५६९.७९, फाइनान्स ११०.०३, लगानी ३.२३ र म्यूचअल फन्ड ०.३६ अंकले घटेका छन् ।
आज २२८ कम्पनीका एक करोड ७० लाख कित्ता शेयर ८ अर्ब ८८ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया