साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ५.५९ अंकले घटेर २ हजार ८१५.०६ विन्दूमा झरेको छ ।
आज बैंकिङ ३.६१, ब्यापार १.४६, होटल तथा पर्यटन ४.२५, विकास बैंक १५.६, जलविद्युत १०.५७, निर्जीवन बीमा १७.२९, उत्पादन १३.५९, अन्य ९.८९, माइक्रोफाइनान्स १५.२४, फाइनान्स ५.३९, लगानी ०.३७ र म्यूचअल फन्ड ०.०१ अंकले घटेका छन् । यस्तै, आज जीवन बीमा ७२.१६ अंकले बढेको छ ।
आज २२९ कम्पनीका ९७ लाख कित्ता शेयर ५ अर्ब ३९ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया