बुधबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३८.४२ अंकले घटेर २ हजार ७७६.६५ विन्दूमा झरेको छ ।
आज बैंकिङ २२.७६, ब्यापार २९.७, होटल तथा पर्यटन ४.९७, विकास बैंक ८३.६२, जलविद्युत ५२.४, निर्जीवन बीमा १४२.५४, उत्पादन ५४.६१, अन्य २४.८, माइक्रोफाइनान्स ६३.१२, फाइनान्स ५९.०७, जीवन बीमा २७७.६५, लगानी १.९८ र म्यूचअल फन्ड ०.१८ अंकले घटेका छन् ।
आज २३३ कम्पनीका ९३ लाख कित्ता शेयर ४ अर्ब ३१ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया