बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से १९.८४ अंकले घटेर २ हजार ७३४.४४ विन्दूमा झरेको छ ।
आज बैंकिङ ५.२९, ब्यापार ४३.४, होटल तथा पर्यटन ३३.४६, विकास बैंक ८८.५३, जलविद्युत ७२.७७, निर्जीवन बीमा १०६.८१, उत्पादन ९४.७९, माइक्रोफाइनान्स ४०.७४, फाइनान्स ४२.९, लगानी १.५६ र म्यूचअल फन्ड ०.०७ अंकले घटेका छन् । यस्तै, अन्य १०.२ र जीवन बीमा २०.६६ अंकले बढेका छन् ।
आज २३१ कम्पनीका ५६ लाख कित्ता शेयर ३ अर्ब २ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया