Logo

मुख्य समाचार

३९ अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार


GDP नेपाल
   ८ फाल्गुन २०७८, आइतबार


साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से ३९.४ अंकले घटेर २ हजार ६९३.१० विन्दूमा झरेको छ । आज अन्य बाहेक सबै समूह राताम्मे भएका छन् ।

बैंकिङ २५.७५, व्यापार ५६.६७, होटल तथा पर्यटन ४३.७२, विकास बैंक ९१.१५, जलविद्युत ३१.८६, फाइनान्स ४६.८२, निर्जिवन बिमा २८०.७५, उत्पादन १६२.८, माइक्रोफाइनान्स ६६.२५, जीवन बिमा ३६७.११, म्यूचुअफ फन्ड ०.१८ र लगानी १.७२ अंकले घटेका छन् । यस्तै, आज अन्य उपसमूह भने अन्य ९.७३ अंकले बढेको छ ।

आज २३० कम्पनीका एक करोड ७१ लाख कित्ता सेयर ४ अर्ब ८ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह