साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से २५.४१ अंकले बढेर २ हजार ७१८.५१ विन्दूमा पुगेको छ ।
आज बैंकिङ १६.२८, व्यापार ८.०५, होटल तथा पर्यटन ३४.८४, माइक्रोफाइनान्स १२.२७, विकास बैंक २२.८२, जलविद्युत ७२.३९, फाइनान्स २७.२४, निर्जिवन बिमा ३९.०२, उत्पादन ६६.२८, अन्य २९.२१, जीवन बिमा १९.१९, म्यूचुअफ फन्ड ०.०४ र लगानी १.१ अंकले बढेका छन् ।
आज २२४ कम्पनीका ४९ लाख कित्ता सेयर २ अर्ब ९९ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया