बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १५.५ अंकले घटेर २ हजार ७२०.४३ विन्दूमा पुगेको छ ।
आज बैंकिङ ९.६९, व्यापार ३१.२२, होटल तथा पर्यटन ३१, माइक्रोफाइनान्स २६.१३, विकास बैंक ४०.९२, फाइनान्स १३.४, निर्जिवन बिमा ११०.४६, अन्य ४८.४३, जीवन बिमा ८१.२६, उत्पादन ८२.१२ र लगानी ०.१५ अंकले घटेका छन् । यस्तै, आज जलविद्युत ३५.६६ र म्यूचुअफ फन्ड ०.१३ अंकले बढेका छन् ।
बुधबार सबैभन्दा धेरै दिव्यश्वारी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
आज २२८ कम्पनीका ६२ लाख कित्ता सेयर ३ अर्ब १३ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया