साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से ७.७३ अंकले घटेर २ हजार ६५३.७० विन्दूमा पुगेको छ ।
आज बैंकिङ ११.७५, होटल तथा पर्यटन २.५८, विकास बैंक २४.९६, निर्जीवन बीमा ३२.९५, , माइक्रोफाइनान्स ३१.०६, जीवन बीमा ११६.०२, फाइनान्स १०.५८, ब्यापार ७.३४, उत्पादन ७१.१६, म्यूचअल फन्ड ०.०५ र लगानी ०.१६ अंकले घटेका छन् । यस्तै, आज जलविद्युत ३४.०३ र अन्य १५.१ अंकले बढेको छ ।
आज सबै भन्दा बढी एभरेष्ट इन्स्योरेन्स प्रमोटर सेयर ५ अंकले बढेको छ भने हिमालय जनरल इन्स्योरेन्स र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ४ अंकले घटेको छ । २२४ कम्पनीका ७० लाख कित्ता शेयर किनबेच हुँदा आज ३ अर्ब २७ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया