Logo

बैंक / बिमा /शेयर

एक सातामै १० अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप


GDP नेपाल
   १३ बैशाख २०७९, मंगलबार


पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरुमा १० अर्ब निक्षेप घटेको छ ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार वैशाख ३ गतेदेखि वैशाख ९ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको हो ।

बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेसँगै कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ । गत वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै, यसै अवधिमा बैंकहरुको कर्जा लगनी पनि एक अर्ब रुपैयाँले घटेको छ । बैशाख २ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह