नेपाल राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ ।
मर्जरमा जाने सहमतिको एक वर्ष हुँदा पनि मर्जर नभएपछि राष्ट्र बैंकले दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गर्दै कारबाही गरेको हो । दुई बैंकबीच गत वर्षको बैशाख ३० गते मर्जरमा जाने सहमति भएको थियो ।
यस्तै, राष्ट्र बैंकले दुवै बैंकलाई यथाशीघ्र अरू कुनै वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपर्ने पत्र पठाएको छ ।
प्रतिक्रिया