Logo

बैंक / बिमा /शेयर

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड, २१ लाख ६५ हजार ४१३ जनाको हात खाली


GDP नेपाल
   १५ बैशाख २०७९, बिहिबार


सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

गोलाप्रथाबाट भएको बाँडफाँडमा ३६ हजार ९४८ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यस्तै, २० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिनेमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।

लघुवित्तले गत वैशाख २ गतेदेखि ६ गतेसम्म चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको थियो । जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको थियो ।

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

आईपीओमा २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । तीमध्ये २२ लाख २ हजार ३६१ आवेदकबाट परेको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता सदर भएको थियो । बाँकी ३ हजार २७२ आवेदकबाट परेको ३६ हजार ४९० कित्ता बदर भएको थियो ।

आईपीओमा २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात खाली भएको छ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह