Logo

बैंक / बिमा /शेयर

१९ अर्बकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   १८ बैशाख २०७९, आइतबार


नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि मंगलवारबाट ट्रेजरी बिल जारी गर्न लागेको हो । बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुने छ । केन्द्रीय बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोडको ट्रजरी बिल जारी जारी गर्न लागेको हो ।

यस बिल आगामी साउन १७ गते परिपक्व हुनेछ । त्यसैगरी केन्द्रीय बैंकले १८२ दिनको लागि रू। १० अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो बिल भने आगामी कात्तिक १५ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षको लागि रू। २ अर्ब बराबरको ट्रेजरी लिब जारी हुने भएको छ ।

यो ट्रेजरी बिल २०८० वैशाख १९ गते परिपक्व हुनेछ । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन यो बिल प्रयोग गरिन्छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागि हुन पाउनेछन् ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह