Logo

मुख्य समाचार

प्रधानमन्त्रीको हठ अघि गृहमन्त्री र गठबन्धन नेताको केही लागेन, आईजीपीमा सिंह नियुक्त !


GDP Nepal
   १८ बैशाख २०७९, आइतबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको हठका कारण सरकारले रोलक्रम मिचेर नेपाल प्रहरीमा महानिरीक्षक नियुक्त गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँड तथा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वरिष्ठ एआईजी विश्वराज पोख्रेललाई आईजीपी बनाउनुपर्ने पक्षमा रहे पनि मन्त्रिपरिषद बैठकले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको छ ।

वरीयतामा अगाडि रहेका दुई एआईजीलाई सिंहले उछिनेका हुन् । उनी १६ महिना जुनियर एआईजी थिए । सिंहले सोमबारबाट कार्यभार सम्हाल्नेछन् । आइजीपी शैलेश थापा आइतबार सेवानिवृत्त हुँदैछन् ।

सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा उनी जुनियर हुन् ।

सिंह नियुक्तिमा प्रधानमन्त्री देउवाले क्षेत्रीयता र आर्थिक लाभ हेरेको चर्चा छ ।

यो पनि हेर्नुस्

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह