Logo

मुख्य समाचार

सेयर बजारमा ३१.७६ अंकको गिरावट, एक अर्बको कारोबार


GDP नेपाल
   २१ बैशाख २०७९, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३१.७६ अङ्कले घटेर दुई हजार २७५.६८ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, व्यापार र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बैंकिङ १३, विकास बैंक ८७, फाइनान्स ३४, होटल तथा पर्यटन ४०, जलविद्युत् ५९, जीवन बीमा २८६, उत्पादन ४४, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २१०, अन्य ३१ र ब्यापार उपसमूह ४३ अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको चार करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने ग्रीन भेन्चर्सको सेयर साढे नौ प्रतिशतले घटेको छ ।

आज दुई सय ३३ वटा कम्पनीका ३६ लाख दुई हजार कित्ता सेयर एक अर्ब २६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह