Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार


GDP नेपाल
   २५ बैशाख २०७९, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से १७.९५ अंकले बढेर २ हजार २५६.५७विन्दूमा पुगेको छ ।

विकास बैंक १०८, फाइनान्स ५३, होटल तथा पर्यटन ७१, जलविद्युत् ६६, जीवन बीमा ३८, उत्पादन ११, निर्जीवन बीमा ९, अन्य ३५ र ब्यापार उपसमूह ४ अंकले बढेका छन् । यस्तै, बैंकिङ २ र माइक्रोफाइनान्स ० अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै जालपा लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्त कम्पनीको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ । यस्तै, सबैभन्दा धेरै नागरिक लगानी कोषको सात करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज कुल दुई सय ३३ वटा कम्पनीका ३३ लाख ४१ हजार कित्ता सेयर एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह